Saturday, March 14, 2020

दन्त उपचारमा कोरोनाको जोखिम

डा पदम नेपाली/डा भरत खरेल
कोरोना भाइरस डिजिज (कोभिड-१९) अहिले सर्वाधिक छलफल र चासोको विषय बनेको छ। चीनको वुहान सहरबाट सुरु भएको यो भाइरस अहिले चीनमा भन्दा पश्चिमी देशहरुमा आक्रामक रुपमा फैलिरहेको छ।
मन्त्री, सभासद, चर्चित अभिनेता, खेलाडीसम्मलाई यो भाइरसले समाइसकेको छ। चर्चित फुटबल खेलाडी रोनाल्डो समेत क्वारेन्टाइनमा बस्नु परको समाचार सार्वजनिक भइसकेको छ।
सुरु भएको ३ महिना नबित्तै २०७६ फाल्गुन २९ गते बेलुकी ८:३० बजेसम्म १,२९,५९० जनालाई कोरोनाको संक्रमण भइसकेको छ  भने ४,७४९ जनाको ज्यान गइसकेको छ।
पशुपतिनाथको कृपाले भनौं वा नेपालीको प्रतिरक्षा प्रणाली बलियो भएर, आजसम्म नेपालले यो प्रकोपबाट उल्लेख्य क्षति बेहोर्नु परेको छैन। चीनसँगै सिमान जोडिएको देश भइरहँदा, विमानस्थल र सीमामा गतिलो चेकजाँच नहुँदा र उपयुक्त तयारी र सावधानी नहुँदा समेत हामी सुरक्षित हुन सकेकोमा फेरि पनि भगवानप्रति कृतज्ञ हुनै पर्छ।
तर, नेपालकै पुरानो र चर्चित भनाइ ‘भाग्य छ भन्दैमा डोकोमा दूध दोहेर अडिँदैन’ भन्ने कुरा कुनै दिन सत्य साबित भइदिन सक्छ। अनि त्यो बेला हामीले चाहेर पनि धेरै केही गर्न सक्दैनौं| दु:खका साथ हामी धेरैलाई कोरोनाले साथमै लिएर जान सक्छ।
सरकारको तयारी पर्याप्त र विश्वसनीय देखिँदैन। संकास्पद देखिएकाहरुलाई समेत क्वारेन्टाइनमा राख्न नसक्ने कुरा सरकारबाट आइसक्यो। यस्तो अवस्थामा हामी सबै आ-आफ्नो क्षेत्रबाट सावधान रहनुपर्छ र यसको प्रकोप नेपालमा आएको खण्डमा कसरी लड्ने भन्ने मजबुत तयारी र योजना साथमा हुनुपर्छ।
संक्रमितको सम्पर्कमा आउने सबैमा संक्रमण फैलने सम्भावना बराबर छ। स्वास्थ्यका सम्पूर्ण विधामा यो संक्रमण फैलने जोखिम उच्च भएको यथार्थ चीनको वुहान सहरमै कोरोनाको उत्पति भएको रहश्य उद्घाटन गर्ने एक जना चिकित्सकको मृत्युले पनि पुष्टि गर्छ।
दन्त स्वास्थ्य र व्यवसायमा आबद्द स्वस्थ्यकर्मीमा समेत कोरोनाको उच्च जोखिम छ। संक्रमितभन्दा ३ फिट टाढा रहेर संक्रमणबाट बच्ने प्रावधान दन्त अभ्यासमा सम्भव हुँदैन। बिरामीको मुखको नजिकै बसेर मुखमै हेरेर उपचार गर्ने पद्दति भएकाले बिरामीले खोक्दा अथवा हाच्छिउँ गर्दा सिधै संक्रमणका स्रोतहरु सेवाप्रदायकको अनुहारभरि ठोक्किन पुग्छ।
संक्रमित बिरामीलाई मास्क लगाएर बस्न लगाउने पद्दति पनि दन्त विधामा सम्भव छैन। बिरामीले लागेको मास्क खोल्न लगाई मुख समेत खोलेर बिरामीको समस्या हेर्नुपर्ने हुन्छ। त्यसले पनि संक्रमणको जोखिम अझै बढाउँछ।
दन्त उपचार पद्दति जस्तै: अल्ट्रासोनिक स्केलिङ, सर्जिकल दाँत निकाल्ने पद्दति, दाँतमा क्याभिटी बनाउने, क्राउनको लागि दाँत मिलाउने सबैबाट साना-साना तरल र ठोस कणहरु सहितको एरोसोल उत्पन्न हुन्छ। यो संक्रमणको मुख्य स्रोत हो। यतिमात्र नभएर दन्त चिकित्सक तथा सहायक स्वास्थ्यकर्मीबाट समेत बिरामीमा संक्रमण सर्ने डर रहन्छ।
अर्को कुरा चिकित्सक र सहायक स्वास्थ्यकर्मीले आवश्यक सावधानी अपनाउन उपयुक्त र मापदण्ड अनुसारको उपकरणहरुको अभाव चुनौतीको रुपमा खडा छ। गुणस्तरको त कुरा छाडौं, सामान्य मास्क र स्यानिटाइजर समेत बजारमा पाइँदैन।
अर्को कुरा ७०-८० प्रतिशत डेन्टल सेटिङमा निर्मूलीकरणको विधि समेत हुबहु रुपमा आत्मसात गरेको पाइँदैन। बिरामी छोएको हातले डेन्टल चियर, धारा, कुर्सी, अन्य सामग्री छोएको हुनसक्छ, जसले संक्रमणलाई झनै फैलाउन सक्छ। असिस्टेन्टको पूर्ण सहायता बिना उपचार पद्दतिमा सामेल हुँदा अझै यो बढेरै जान्छ।
यी विभिन्न चुनौतीका बाबजुद हामीले यस्तो प्राणघातक संक्रमणबाट बच्न भरपुर सावधानी अपनाउनै पर्छ। डेन्टल उपचार पद्दतिको समयमा निम्न अनुसारको सावधानी अपनाउनु आवश्यक हुन्छ:
१. सर्वप्रथम दन्त चिकित्सक र उनीहरुका सहायक सहकर्मीले कोरोना संक्रमणको संकास्पद बिरामी पहिचान गर्न सक्नुपर्छ। उच्च ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा अत्यधिक समस्या, घाँटी दुखेको आदि बिरामीलाई इमर्जेन्सी दन्त उपचार बाहेक अन्य दन्त उपचारलाई तत्कालको लागि स्थगित गर्ने र त्यस्ता बिरामीलाई सुविधासम्पन्न अस्पतालमा रेफर गर्ने। इमर्जेन्सी उपचार समेत सम्पूर्ण सावधानी अपनाएर गर्ने।
२. दन्त अस्पताल अथवा क्लिनिक बाहिर थर्मोमिटरले सबैको तापक्रम परीक्षण गरी उच्च तापक्रम मापन गरिएकालाई शंकास्पद मान्न सकिन्छ।
३. मेडिकल र ट्राभल हिस्ट्री लिएर सम्भावित पहिचान गर्ने।
४. चिकित्सक तथा सहायक दन्त कर्मचारीले बिरामीलाई भेट्नुअघि, भेटेपछि, उपचार गरेपछि, औजार तथा डेन्टल चियर सामग्री छोएपछि राम्रोसँग साबुन पानीले हात धुने।
५. मास्क, ग्लोभ्स, आई शिल्ड, हेयर कभर, प्रोटेक्टिभ क्लोथ आदि प्रयोग गरी व्यक्तिगत सावधानी अपनाउने।
६. डेन्टल बिरामीको उपचारपूर्व बिरामीलाई १ प्रतिशत हाड्रोजन पेरोअक्साइड अथवा ०.२ प्रतिशत पोभिडिनले मुख कुल्ला गराउने।
७. सम्भव भएसम्म रबर ड्यामको प्रयोग गर्ने, मेसिनबाट चल्नेभन्दा हाते औजारहरु प्रयोगमा जोड दिने (कम यरोसोल उत्पादन गर्छ), एन्टी रिट्रयाक्सन ह्याण्ड पिसको प्रयोग गर्ने।
८. निर्मूलीकरणमा विशेष ध्यान दिने। चिकित्सक तथा बिरामीहरुले छुने सम्पूर्ण भागहरुलाई उपचार पहिले र पश्चात् राम्रोसँग साबुन तथा डिटरजेन्टले सफा गर्ने। त्यसपछि डिसइनफेक्टेन्ट (रेक्टिफाइड स्पिरिड) ले सफा गर्ने। एक पटक प्रयोग भइसकेका सामानहरुलाई चापयुक्त बापसीकरण (स्टिम अटोक्ल्यभिङ) गरेर मात्र प्रयोग गर्ने।
९. स्वस्थाकर्मी आफैंलाई पनि कोरोना भाइरस डिजिजको शंका लागेमा चेक-जाँच गराउने तथा आइसोलेसनमा बस्ने।
यस्ता सावधानी अपनाउन सकियो भने दन्त व्यवसायमा आबद्द सबै यो रोगबाट सुरक्षित रहन सहयोग पुग्छ।

Monday, February 24, 2020

गिजा तल झर्ने समस्या (हर्षा) :
दाँतलाई गिजाले वरिपरिबाट घेरेको हुन्छ। गिजा र गिजाका विविध फाइबरले दाँत र तलको हड्डीलाई छोप्नुका साथै दाँतलाई आफ्नो ठाउँमा बाध्ने काम गरेको हुन्छ। गिजा तल रहेको हड्डी भन्दा करिब २ मिमि माथि दाँतको सिइजीको लेबलमा हुन्छ तर यावत कारणले गर्दा गिजा माथि सर्ने गर्छ। जसलाई मेडिकल टर्ममा 'रिसेसन' भनिन्छ भने सामान्य भाषामा 'हर्षा' भन्ने गरिन्छ।

रिसेसन (हर्षा) का कारण
बढ्दो उमेरसँगै कहिलेकहीँ गिजा तल सर्नु सामान्य परिवर्तन हो। उमेरसँगै विस्तारै कमजोर बन्दै जाने गिजा र लामो समयसम्म बढ्दै जाने दाँत र गिजा वरिपरिको फोहोरले गिजा तल सर्दै जाने गर्छ।

फोहोर मुख: दाँत माझेको केही सेकेन्डभित्रै दाँतको सतहमा थुकको प्रोटिनहरुले एउटा लेयर बनाउँछ, जसले ब्याक्टेरियालाई दाँतको सतहमा टाँसिने र प्रजनन् गर्ने वातावरण बनाइदिन्छ। यो लेयर सामान्यतया: गिजा र दाँतको बीचमा बन्ने गर्छ। यहाँ हुने ब्याक्टेरिया र तिनीहरुको अनेक टक्सिनको कारणले गिजामा सुजन हुनुका साथै भित्री भागमा सानो सानो घाउ बन्न सुरु हुन्छ। जसक कारण गिजा सुन्निने, गिजाबाट रगत आउने जस्ता लक्षण देखिने गर्छन्। यस स्थितिसम्म गिजा र शरीरको प्रतिरक्षा प्रणालीले गिजालाई हल्का तल सारेर यो सुजनलाई कम गर्न खोज्छ। केही दिनसम्म दाँत नमझ्दा अथवा रेगुलर नमझ्दा, धेरै भन्दा धेरै फोहोर दाँत र गिजाबीच जम्न गई सारो जान्छ, जसलाई क्याल्कुलस भनिन्छ। यस क्याल्कुलसले अझ ब्याक्टेरियालाई टाँसिन र प्रजनन् गर्न धेरै क्षेत्रफल दिने गर्छ। यो सबै प्रक्रियाको जवाफमा शरीरको प्रतिरक्षा प्रणालीले  गिजालाई अझ तलतल सार्दै लैजान्छ।

दाँत माझ्ने गलत तरिका: राम्रोसँग दाँत नमाझ्नुको कारण पनि गिजा माथि सर्न सक्छ। दाँत माझ्दा ब्रसलाई दाँत र गिजाको बीच ४५ डिग्रीको कोडमा राखी, हल्का भाइब्रेट गरी गिजाको विपरीततर्फ बढारेको जसरी माझ्नु पर्छ। तलको दाँतको भित्रपट्टि र माथिका बंगाराको बाहिरपट्टिको भागमा थुक ग्रन्थीहरु मुखमा खुल्ने भएकाले सबैभन्दा धेरै फोहोर जम्ने गर्छ। यी भागहरु सफा नगर्दा धेरै फोहोर जम्न गई गिजाहरु तल सर्ने गर्छन्। साथै, धेरै घोटेर दाँत माझ्ने बानी, धेरै खस्रो मन्जन (डाबर लालको धुलो) प्रयोग गर्नाले, गिजाको विपरीततिर बढार्नु पर्नेमा गिजातर्फ बढार्नु रिसेसनका अन्य कारण हुन सक्छन्।

दाँत भरेको नमिल्नु: दाँत भर्दा कहिलेकाहीँ किराले खाएको भागभन्दा अलि तल गिजासम्म हुने गरी भरिँदा गिजा इरिटेट हुने गर्छ। यसरी चाहिने भन्दा ठूलो गरी भरिएको दाँतले एक त गिजालाई इरिटेट गर्छ भने त्यसको वरिपरि धेरै फोहोर जम्न जान्छ, नतिजा गिजा माथि सर्छ।

बांगा-टिङ्गा दाँत: बांगा-टिङ्गा, छिद्र नमिलेका दाँतहरुले दाँत राम्ररी माझ्नमा बाधा बनाउँछ, जसले गर्दा दाँतको बीचमा फोहोर जम्न थाल्छ र कालान्तरमा गिजा माथि सर्न थाल्छ।

दाँतमा तार बाँधेर गरिने उपचार: यद्यपि, बांगा-टिङ्गा दाँतलाई मिलाउन दाँतमा तार बाँधिने भए तापनि यस उपचारको दौरान दाँत र गिजा राम्ररी सफा हुन सक्दैन र हर्षा हुन्छ।

रिसेसनबाट हुने समस्या
धेरैजसो रिसेसन अरु गिजा र दाँतको समस्याको लक्षण हुने गर्छ। केही मुख्य समस्याहरु यस प्रकार छन:

दाँत सिरिङ्ग-सिरिङ्ग हुने: गिजा तल सर्दै जाँदा विस्तारै दाँतको जरा मुखमा देखिन थाल्छ। दाँतको जरामा दाँतको जस्तो बलियो ुइनामेलु को ठाउँमा तुलनात्मक रुपमा कमजोर 'सिमेन्टम' हुन्छ जुन सामान्य दाँत माझ्दा पनि झर्ने गर्छ। यसरी समयको साथमा डेन्टिन देखिन थाल्छ। डेन्टिनबाट दाँतको नशा (पल्प) सम्म स-साना प्वाल हुन्छन्। गिजा तल सरेका बिरामीमा खाएका हरेक खानाहरु सिधै डेन्टिनमा ठोक्किन जान्छ र नशासम्म पुग्छ। यस कारण करेन्ट लागेको जस्तो दुखाइ महसुस हुन्छ।

जरामा किरा लाग्नु: जरा दाँत जस्तो बलियो हुँदैन र किरा लाग्ने सम्भावना जरामा बढी हुन्छ।

हड्डी तल सर्दै जानु: गिजाको साथमा भइरहेको इरिटेसनको कारणले हड्डीको लेवलले तल सर्दै जान्छ। यस कारण दाँत हल्लिने र झर्न सक्ने सम्भावना हुन्छ!

रिसेसनको उपचारको सबैभन्दा प्रभावकारी तरिका भनेको रिसेसन हुनै नदिनु हो जसको लागि नियमित, सही तरिकाले दिनको दुई पटक दाँत माझ्ने  गर्नु पर्छ।

दाँत कसरी माझ्ने?
-    ब्रसलाई गिजा र दाँत दुवै छुने गरी दाँतसँग ४५ डिग्रीको कोणमा राख्ने।
-    एक पटकमा २-३ वटा दाँत हल्का भाइब्रेट गरी गिजाबाट तलतिर बडारेको जसरी दुवैतिर सफा गर्ने।
-    ४५ डिग्रीको कोण बनाउँदै दाँतको भित्री भाग पनि त्यसरी नै सफा गर्ने।
-    ब्रसलाई ठाडो पारेर तल-माथि गर्दै अगाडिको भित्री भाग पनि सफा गर्ने।
-    दाँतको भागमा अगाडि-पछाडि गर्दै सफा गर्ने।

दाँतलाई सफा गर्ने (इस्केलिङ गर्ने)
दाँतको सतहबाट फोहोरलाई हटाएर पोलिस गर्नुका साथै मनतातो नुनपानीले दिनको दुई पटक कुल्ला गरेमा सुन्निको गिजा ठाउँमा बस्छ। फोहोर नै गिजा तल सर्नुको मुख्य कारण भएकाले दाँत सफा गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ।

इस्केलिङ गरेपछि के कुरामा ध्यान दिने?
-    दाँत सफा गरिसकेपछि एक घन्टासम्म केही पनि नखाने।
-    २४ घन्टासम्म धेरै चिसो र धेरै तातो खानेकुरा नखाने, रङ सर्ने खानेकुरा नखाने जस्तैस् चिया, कफी, कोक आदि। जोड लगाएर मुख कुल्ला नगर्ने, नरम खानेकुरा खाने।
-    दाँत सफा गरिसकेपछि २-३ दिनसम्म सिरिङ्ग हुनसक्छ। यस्तो धेरै भएमा दक्ष विषेशज्ञद्वारा तोकिएको दन्तमन्जन प्रयोग गर्ने।
-    चुरोट तथा सूर्तिजन्य पदार्थ नखाने।
-    दाँतमा टाँसिने खानेकुरा जस्तैस् चकलेट, चिप्स, पपकर्न आदि कम खाने र खाइसकेपछि राम्ररी कुल्ला गर्ने।
-    नियमित रुपमा बिहान र बेलुका खाना खाइसकेपछि नरम किसिमको ब्रसले ३-५ मिनेट दाँत माझ्ने।
-    दाँतको बीचमा ब्रसले ननिस्किएका खानेकुरा डेन्टल फ्लस प्रयोग गरेर निकाल्ने।
-    मुख कुल्ला गर्ने औषधि प्रयोग गर्ने। ५ एमएल औषधि र ५ एमएल पानी मिसाउने र ब्रस गरेको केही समयपछि १ मिनेटसम्म कुल्ला गर्ने। कुल्ला गरेको आधा घन्टासम्म केही नखाने।
-    हरेक ६-६ महिनामा दन्त चिकित्सककहाँ गई दाँत जँचाउने।


डिसेन्सिटाइजर
गिजा तल सर्नुका साथै सिरिङ्ग(सिरिङ्ग लाग्ने, दुख्ने आदि समस्या देखा पर्ने गर्छ। बजारमा थर्मोसिल, सेन्सोडाइन, मेडिप्लस जस्ता विविध नामका मन्जन उपलब्ध छन् जसले खुलेका डेन्टिनमा नलीहरुलाई बन्द गर्ने गर्दछन् र खाएका कुराहरु सिधा नशासँग सम्पर्कमा आउन पाउँदैनन। यी मन्जनहरुले गिजा तल सर्न कम नगरे पनि  सिरिङ्ग-सिरिङ्ग लाग्ने, दुख्ने हुँदैन।

यदि उल्लेखित उपायहरुले समस्या कम नभएमा सकेको चाँडो डेन्टल हस्पिटलर क्लिनिक जानु पर्छ जहाँ डेन्टिस्टले अन्य उपायहरु अपनाउन सक्छन्। अन्त्यमा कुनै उपाय नलागे दाँतलाई जराबाटै भरेर उक्त समस्याको समाधान गर्न सकिन्छ।

दाँत भर्ने: कहिलेकहीँ गिजा तल सर्नुको कारण दाँतको जरा खिएको हुन्छ जसलाई अस्थाई वा स्थाई सिमेन्टले भर्न सकिन्छ।

अर्थोडनटिक उपचार: गिजा तल सार्नुको कारण यदि बांगा-टिङ्गा दाँतहरु हुन् भने दाँतमा तार बाँधेर सही ठाउँमा ल्याई उपचार गर्न सकिन्छ।

गिजाको सल्यक्रिया: अन्त्यमा र अनुकुल केसहरुमा गिजाको शल्यक्रियाले गिजालाई सही ठाउँमा ल्याउन सकिन्छ।

Saturday, February 22, 2020

1.हेर्नुस् न मेरो मुखमा ससाना पानीका फोका आउछ,फुटछ अनी घाउ हुन्छ।औषधी पसलमा वाट मलम लिएर लगाएको अली दिन ठिक त हुन्छ तर फेरी आइहाल्छ।
2.मेरो मुख पहिलेको भन्दा कम खुल्छ।पिरो त खानै हुन्न।
3.मेरो पछाडी को दात ले गाला मा घाउ बनाको छ।पहिले मुख कम खुले जस्तो भो त्यस पछी गाला कडा भयो र दात ले गाला मा घोटेर घाउ बनायो।
    यि बिरामीले भन्ने समस्या हरू हुन्।उनी हरू लाई प्रतिपश्न गर्नु पर्छ-"सुपारी खाएको कती भो?"
कति ले वर्षौ भन्नु हुन्छ, कसैले केही महिना मात्र ।कार्य क्षेत्र झापा भएको ले कोही त आफ्नो बारी मै छ..थाहा भए देखी नै खाईरहेको छु भन्नु हुन्छ ।

लक्षण बेग्ला बेग्लै भए नी वहा हरू सबैलाई सुपारीको सेवनले मुख खोल्न नसक्ने र मुखमा घाउ-
खटिरा आउने अवस्था ओरल सवम्युकस फाइब्रोसिस भएको हुन्छ ।कोही रोगको सुरु मै आइपुग्नू भयो त कोही अली ढिला।यो रोग सुपारी तथा सुपारी जन्य पदार्थ  (गुट्खा,पान) प्रयोग गर्नेमा देखिन्छ।कसैलाई यस रोगको लक्षण प्रयोग गरेको केही महिना मै देखिन्छ भने कसैमा बर्षौ पछी।सो हुनु मा सुपारी,गुटखा को मात्रा ,चुनाको प्रयोग संगै आनुवंशिक गुणको भूमिका रहन्छ ।
लक्षण हरू
-सुरुमा  मुखमा घाउ, खटिरा  आउछ।
-मुखको छाला सेतो  हुन्छ ।
-खाना खादा पोल्छ।
-त्यस पछी मुखको छाला बाक्लो र टाइट भइ मुख खोल्न नसक्ने हुन्छ।धेरै जसो बिरामी यो अवस्था मा मात्र डाक्टर कहा पुगनुहुन्छ।मुख कम खुले पछी बोल्न,खाना खान,दात सफा गर्न समस्या हुन्छ ।पछिल्लो  दातले गालामा घोटेर घाउ हुन सक्छ।
-यती हुँदा पनि सुपारी सेवन नरोके सुपारी मा हुने एरेक्वाइडिन र एरेकोलिन अल्कल्वाइडले डि. एन. ए.
लाई बदली मुखको क्यान्सर बनाउँछ।
उपचार
सबै भन्दा पहिले सुपारी जन्य पदार्थको प्रयोग बन्द गरने।
मुख खोल्न कम भएको छैन भने यो रोगको उपचार औषधी बाटै गर्न सकिन्छ ।
मुख खोल्न कम भइसकेको भए ईन्ट्रालिजनल ईन्जेक्सन लगाएर मुख खुलाउन पर्छ।तर मुख धेरै नै कम खुले उपचार अघी मुखको छालाको जांच गर्नुपर्छ।यसले मुखको क्यान्सर सुरू को अवस्थामा भए नभएको पत्ता लगाउन सकिन्छ ।
याद रहोस ओरल सवम्युकस फाइब्रोसिस क्यान्सरको पुर्वा अवस्था  हो।यदी सो रोगको लक्षण देखिए तुरन्त उपचार गराउनु पर्छ।तर यो रोग बाट वच्ने सबै भन्दा उत्तम उपाय भनेको सुपारी जन्य पदार्थको प्रयोग नगर्ने नै हो।
Dr Bharat Kharel

Thursday, February 20, 2020


मुखको क्यान्सर
२० प्रतिशतसम्म क्यान्सर मुखको छ र यो भन्दा अझ
भयानक रूपमा क्यान्सर
हुनुभन्दा पहिलेको अवस्था पि्रक्यान्सेरस लिजन र
कन्डिसन थुप्रै पाइन्छन् । नेपालमा सन् २००० मा विश्व
स्वास्थ्य संगठनले गरेको सर्वेक्षणमा पुरुषमा पहिलो र
महिलामा तेस्रो पाठेघर र स्तन क्यान्सरपछि प्रमुख
क्यान्सर मुखको क्यान्सर
भएको जानकारीमा ल्याएको थियो ।
मुखको क्यान्सर भनेको मुखका अङ्ग,
तन्तुहरूको कोषको अस्वाभाविक अनियन्त्रित र
असामञ्जस्य किसिमको वृद्धि नै हो । कारण
हटाउँदा पनि कुनै कोषको आकार-
प्रकारमा वृद्धि भैरह्यो र घाउ-खटिराहरू २-३
हप्तासम्म पनि निको नभए मुखको क्यान्सर
हो कि भनी शंकाको घेरामा राखेर तुरुन्त विशेषज्ञ
सेवा लिनुपर्छ ।
कारणहरू
मुखको क्यान्सरको कारण यही नै हो भनेर
पत्ता नलागेको भए पनि मुखको क्यान्सर बनाउन सक्ने
सम्भाव्य कारणहरू तथा खतरानाक तत्वहरू
लामो समयदेखि पत्ता लागिसकेका छन् ।
सुर्तीजन्य पदार्थ -टोबाको)
मुखको क्यान्सर भएका बिरामीमा ९०
प्रतिशतभन्दा बढी बिरामीले
सुर्तीजन्य
पदार्थको सेवन गरेको देखिन्छ । यस्ता वस्तुको सेवन
बन्द गर्नाले मुखको क्यान्सर हुने सम्भावना घट्छ ।
सुर्ती निकोटियना रस्टिका र टोबाकमको पात
सिधै वा प्रशोधित गरी विभिन्न रूपमा सेवन गरिन्छ ।
सुर्तीको क्यान्सर बनाउन सक्ने भूमिका-क्षमता,
सुर्तीको किसिम, प्रकार, सेवन विधि र यससँग प्रयोग
गरिने अन्य तत्वहरूले निश्चित गर्छ जस्तै चुरोट,
बिडी खानेमा क्यान्सर २० वर्षमा देखिन्छ भने
धूवाँरहितमा ५ देखि १० वर्षमा तर खैनी खानेमा ३
महिनामै पनि देखिएको छ । सुर्ती र पान दुवै
खानेमा मुखको क्यान्सर २० देखि ३०
गुणा बढी देखिन्छ ।
मद्यपान -अल्कोहल)
अहिले मद्यपान चर्को देखिन्छ । मद्यपानले
मुखको म्युकोसालाई सुख्खा बनाइदिन्छ ।
म्युकोसाभित्र क्यान्सर बनाउन सक्ने तत्व छिर्नसक्ने
पनि बनाइदिन्छ । त्यसैगरी मद्यपानले क्यान्सर
बनाउनसक्ने तत्वको क्षमता र असरमा वृद्धि गरिदिन्छ
। पोषणको कमी तथा सुर्तीलाई
घुलनशील बनाइदिन्छ

कडा रक्सीले मुख, घाँटी र कलेजोको क्यान्सर
गराउँछ
। सुर्ती र रक्सी दुवै सेवन
गर्दा मुखको क्यान्सर हुने
सम्भावना बढी हुने अनुसन्धानले देखाएको छ ।
संक्रमण
इप्सटन वार, साइटोमेगालो इनकलुजन, हप्स सिम्प्लेक्स,
एच.आई.भी., भेरिसेलाजुस्टर भाइरस, ह्युमन
प्यापिलोमा र क्यान्डिडाको संक्रमणले
पनि मुखको क्यान्सर हुन्छ ।
पोषणको कमी
फलाम, जस्ता, तामा र म्यागनिज खनिज
पदार्थको कमीले तन्तुलाई एन्टी अक्सिडेन्ट
तत्वको कमी र ट्युमर इन्हान्सिङ प|
mी रेडिकलको उत्पादनमा वृद्धि गरी र भिटामिन
ए,
ई र सीको कमीले एमाइनबाट नाइट्रस
एमाइनमा बदल्ने
क्रम बढाई मुखको क्यान्सर गराउँछ ।
चोटपटक, दीर्घकालीन घर्षण
तिखिला दाँत, नमिलेका दाँत,
नमिलेका नक्कली दाँत, भाँचिएका दाँत, फोहोर मुख,
कम तेल भएको खाना, ज्यादै मसलेदार, तातो खाना,
रातो खुर्सानी, धेरै नुन, लगातार लामो समयसम्म
प्रयोग गर्दा घाउ भएर, रगडिएर, मुखको क्यान्सर बन्छ ।
सूर्यको प्रकाश
अल्ट्राभाइलेट, आयोनाइजिङ विकीरणले मुखको क्यान्सर प्रायः तल्लो ओठको क्यान्सर
गराउन सक्छ । सूर्यको प्रकाशले छालाको र
ओठको क्यान्सर गराउँछ ।
दुई प्रतिशतभन्दा कम मुखका क्यान्सर आनुवंशिक
तथा वंशानुगत रूपमा परिवारमा पनि भएको देखिन्छ ।
त्यसैगरी मुखको क्यान्सर ४५
वर्षभन्दा बढी उमेरकामा ९५ प्रतिशत देखिएकाले
उमेरलाई पनि कारण मान्न सकिन्छ ।

Tuesday, February 18, 2020

'दाँत झरी त हाल्यो, किन अर्को कृत्रिम दाँत राख्नु र' भन्ने सोचाइले धेरैको मनमा जरा गाडेको हुन्छ। धेरै मानिस यो झन्झट किन लिने भन्दै बसेका हुन्छन्। यसो हुनुमा दाँत तथा मुखको स्वास्थ्यबारे चेतनाको कमी नै प्रमुख कारण हो। दाँत नहुँदा कस्ता-कस्ता नकारात्मक असर पर्छन् भन्ने जानकारी धेरैलाई हुँदैन। जसले गर्दा दाँत झर्दा दन्त चिकित्सक कहाँ गएर आफ्नो अवस्था अनुसार नक्कली दाँत लगाउने खाँचो महसुस नभएको हुन सक्छ।

दाँत नहुँदाको मुख्य असर खानेकुरा चपाउन र सौन्दर्यमा पर्छ। मुख वरिपरिको छालालाई सहायता गर्ने दाँत नभएपछि छाला चाउरी पर्ने, गाला डुबेको देखिने र मानिस आफ्नो उमेरभन्दा पाको देखिने गर्छ। मानिसको सुन्दरताले आत्मविश्वास र सामाजिक जीवनमा असर पार्छ।

दाँया-बाँयाको दाँत नहुँदा, मुखमा रहेका बाँकी दाँत बाङ्गोटिङ्गो हुन जान्छ। दाँत ढल्किँदै जान्छ, जसले गर्दा दाँतको जरा निस्क्रिय भई दाँत पनि अस्थिर हुन्छ।

दाँतको अभावमा मानिसको बोली प्रस्ट नहुने समस्या आउन थाल्छ। विशेषगरी अगाडिको दाँत नहुँदा मानिसलाई केही शब्दको उच्चारणमा समस्या आउँछ। हरेकपटक बोल्दाखेरि  सुसेली बजाएजस्तो आवाज निस्किने हुन सक्छ।

खाना टोक्न र राम्रोसँग चपाएर खान नसक्नाले, प्रायःजसो मानिस कि कम खान थाल्छन् कि नरम खानेकुरा मात्र खाने गर्छन्। चपाउनुपर्ने चिन्ताले धेरै खानेकुरा खान छोडेपछि मानिसको शरीरमा पौष्टिक आहाराको कमी हुन सक्छ। यसरी दाँत नहुनाले केवल मुखलाई मात्र नभएर पूर्ण शरीरलाई नै हानी पुग्छ।

झरेको ठाउँमा अर्को दाँत नलगाएमा त्यस ठाउँको हड्डी खिइँदै जान थाल्छ। माथिल्लो बाङ्गारा निकालेमा पिनास फैलिने डर हुन्छ। यस्तै, दन्त नलीको हड्डी पनि खिइँदै जान्छ। झरेको दाँतको वरिपरिका स्वास्थ्य दाँत पनि हल्लिने वा गिजामा समस्या देखा पर्ने हुन्छ।

झरेको दाँत समयमै प्रतिस्थापान नगरेमा यस्ता धेरै नकरात्मक असर पर्छन्। त्यसैले दाँत झर्‍यो भनेर चुप लागेर बस्नुभन्दा दन्त चिकित्सकसँग सल्लाह गरेर नक्कली दाँत लगाउनु फाइदाजनक छ। केही दाँत झरेको भए स्थायी आंशिक बनावटी दाँत राख्न सकिन्छ। यसैगरी, निकाल्न र फेरि लाउन मिल्ने आस्थायी दाँतको प्रयोग गर्न पनि सकिन्छ।

Monday, February 17, 2020

दाँत बाङ्गो टिङ्गो आउने कारण :
१.वंशाणुगत गुण : आमा बुवाका दाँत नमिलेको छ भने, बच्चामा पनि यसको प्रभाव पर्न सक्छ । त्यस्तै बुबाको जस्तो दाँत तथा आमाको जस्तो च्यापु बच्चामा देखियो भने पनि आमा बुबाको अनुहारको आकार नमिल्ने भएकाले बच्चामा दाँत बाङ्गो टिङ्गो आउँछ  ।
 २.दुधे दाँत समय नपुगी फुकाल्ने वा समय कटे पछि फुकाल्ने : दाँत मिल्ने वा नमिल्ने कुरा बच्चा अवस्थामै निर्धारण हुन्छ । अधिकांशमा ६,७ वर्षदेखि १२,१३ वर्षसम्मा २० वटा दाँत परिवर्तन हुन्छ । यसरी दाँत परिवर्तन हुने बेला दाँतलाई नफुकाल्ने तथा हल्लिए पछि पनि लामो समय निकालेन भने नयाँँ दाँत आउँने ठाउँ छेकिन्छ र दाँत अन्य स्थानबाट आउँछ ।
३.बच्चाको दाँत किराले खानु : बच्चाको दाँत किराले खाएर तथा अन्य कारण भाँच्चियो भने दाँतको जरा राम्ररी निस्कन पाउँदैन र दाँत बिग्रिएर पलाउँछ ।
 ४.चोकपटक लाग्नु ।
५.गिजामा समस्या हुनु ।
बाङ्गो टिङ्गो दाँत आउन नदिन यस्ता कुरामा ध्यान दिने :
 १.बच्चा उमेरदेखि नै दाँतको सुरक्षा गर्ने ।
२.दाँतलाई छिटो वा ढिलो नफुकाल्ने ।
 ३.बच्चाहरुमा औला चुस्ने बानी छ भने हटाउने । 
४.च्यापुका कारण दाँत नमिलेको छ भने चिकित्सकको सल्लाह बमोजिम च्यापु मिलाएर दाँत मिलाउन सकिन्छ ।
५.दाँतको बीचबीचमा खाली ठाउँ धेरै नै छ भने, बिहान बिहान बिस्तारै हातले च्यापेर मिलाउने ।
६.धेरै नै नमिलेको भए चिकित्सकको सल्लाह बमोजिम तार बाँधेर वा अन्य उपचार पद्धति अपनाई दाँत मिलाएर सुन्दर बनाउन सकिन्छ l

Wednesday, February 12, 2020

स्कूल घरमा खेल्दा बा लडेर मुखको अगाडीको  भागमा ठक्कर लागेर दाँत जरा संगै झरयो. ..अब के गरने!!!
1 . दाँतको क्राउन(सेतो भाग) मा समातेर चिसो धाराको पानीले पखालनुहोस।घोटने, खुरकने, साबुन लगाउने काम नगरौ।
2. दाँतलाई वापस सकेटमा रोपने प्रयास गनुहोस। आफ्नो ठाउँमा राख्न सके कपास टोकेर तुरन्त डेनटिष्टको मा जाउ।
3.आफ्नो ठाउँमा राख्न नसके  ग्लासमा दुध  लिनुहोस र दाँतलाई त्यसमा राखनुहोस।दुध उपलब्ध नभए दात र गाला को बीचको भागमा दात च्यापनुहोस र सकेसम्म चाँडो डेनटिष्टको मा लिनुहोस।
तपाइको डेनटिष्ट ले दाँतलाई फिक्स र उपचार गरिदिनछन र तपाई वा तपाइको वच्चा ले दात गुमाउनुपर्दैन ।
Dr Bharat Kharel.

Tuesday, February 11, 2020

बच्चाको दात को हेरचाह
1• हरेक पटक बच्चालाई दूध चुसाएपछि नरम कपडाले उसको मुख सफा गरिदिने

२. बच्चाको दात उम्रेको छैन भने पनि हरेक पटक  गुलियो पदार्थ ख्वाएपछि बच्चाको मुख सफा गरिदिने ।

3. बच्चाको दात आएदेखि नै ब्रस गरिदिने । बालबालिकाले आफैले ब्रस गर्न नसकेको अवस्थामा अभिभावक आफैले भएपनि ब्रस गराइदिएर उनीहरुलाई क्याभिटीबाट सुरक्षित गराउने ।

4. लामो समय तथा धेरै समयसम्म बालबालिकाको मुखमा गुलियो पदार्थ, लगायत सुगर वाटर नराखिदिने । विशेषगरी रात्रीको समयमा यस्ता कुराबाट बालबालिकालाई टाढै राख्ने।

 5.त्यसबाहेक भात, तरकारी लगायतका अन्य खानेकुरालाई नचपाइकन लामो समयसम्म मुखमा राख्दा मुखमा फोहर जमेर सास गन्हाउने, गिजामा समस्या देखिन सक्छ । यो समस्याबाट बालबालिकालाई जोगाउन पनि दिनकोदुई पटक विहान र बेलुका ब्रस गर्न अनिवार्य छ ।

Monday, February 10, 2020

एक जना अंकल आउनु भो
-"सडक छेउवाट दात सफा गरने एउटा झोल लिएर प्रयोग गरेको ऐले एकदमै दाँत दुखी राखेको छ "!
-"पहेलो लाई सेतो त चर्पी मा प्रयोग गर्ने हारपिक ले नी पार्छ, त्यो नी प्रयोग गरेको हो की!" मैले व्यंग्य गरे।
"गलती भो डाक्टर वावु अव के गरने ।"म उपचार सुरू गर्दछु।

भ्रम र तथ्य
सडक छेउमा ठग हरूले स्वास्थ्यको लागी हानिकारक केमिकल हरू वेची अंकल जस्ता सोझा मानिस हरू लाई ठगी रहेका हुनछन्।एक अध्ययन का अनुसार यस्ता झोल मा 57% सम्म हाइड्रोजन पेरोक्साईड भेटिएको छ।यती धेरै एसिडिक तत्वले दाँतमा प्रतिकूल असर पार्छ । यसको प्रयोगले दात  खिइने,दाँतको नशाको इनफलामेशन गरने,दाँतको नशा मरने,दात को जराको इन्फेक्शन गरने गर्छ जसले आखिरमा दात दुख्ने ,पाकने र सुनिने हुन्छ।त्यसैले यस्ता ठग हरू वाट आफु पनि बचौ अरु लाई पनि वचांउ।

Sunday, February 9, 2020

गिजा बाट रगतआउने कारण
दाँत र मुखसँग सम्बन्धित कारण
क) छोटो समय – गिजामा चोटपटक लागेमा रगत आउँछ । जस्तै, कडा ब्रस प्रयोग गरेमा, तिखो वा धारिलो वस्तु प्रयोग गर्दा घोचिएमा, दन्त उपचार गर्दा चोटपटक लागेमा, ज्यादै तातो वा चिसो प्रयोग गर्दा, औषधि सेवन गर्दा, केही संक्रमणका कारण पनि रगत आउन सक्छ । यस्तो अवस्थामा उपचार नहुँदासम्म रगत आउँछ ।
ख) दीर्घकालीन वा पटकपटक भइरहने – गिजाको दीर्घकालीन सुजनले गर्दा पटकपटक रगत आउने गर्दछ । दाँत वा गिजाको बीचमा फोहर जम्मा भएर यस्तो समस्या आउन सक्छ । दीर्घकालीन गिजा सुजनमा दाँत ब्रसिङ गर्दा, टुथपिक, डेन्टल फ्लस प्रयोग गर्दा, खाना अड्केमा, कडा ठोस खाद्य पदार्थ टोक्दा, चपाउँदा, कहिलेकाहीँ बोल्दा र जिब्रो चलाउँदा पनि गिजाबाट रगत आउँछ । यस्तो समस्या लिएर आउने बिरामीमध्ये करिब ९५ प्रतिशतमा दीर्घकालीन गिजा सुजन हुने गरेको पाइन्छ ।
शरीरसँग सम्बन्धित कारण
क) शिरा वा धमनीको असामान्य अवस्था – भिटामिन ‘सी’को कमी, शिरा वा धमनीको एलर्जीले पनि गिजाबाट रगत आउँछ ।
ख) प्लेटलेटको असामान्य अवस्था – प्लेटलेटको संख्यामा कमी वा बढी, प्लेटलेटको कार्यमा असक्षमताका कारण पनि रगत आउँछ ।
ग) भिटामिन ‘के’को कमी – कलेजो सम्बन्धी रोग र भिटामिन ‘के’को कमी हुनगई रगत जम्न आवश्यक पर्ने प्रोथोम्बिनको कमी भई रगत आउने गर्दछ ।
घ) रगत जम्ने प्रक्रिया, कोगुलेसनमा कमजोरी – हेमोफिलिया, ल्युकेमिया, डेँगू रोगमा रगत जम्ने प्रक्रियामा परेको असरले पनि गिजाबाट रगत आउने गर्दछ ।
ङ) प्लेटलेट थ्रोम्बो प्लास्टिक तत्व, पीएफ ३ को कमी – युरेमिया, मल्टिपल माइलोमा, प्रोटुवेला परपुरा रोगीहरूमा यो तत्वको कमी देखिन्छ र गिजाबाट रगत आउने गर्दछ ।
च) औषधिको प्रयोग बढी भएमा – एस्प्रिन, हेपारिन, डाइकुम्यारोलको मात्रा रगतमा बढी भएमा पनि गिजाबाट रगत आउने समस्या देखा पर्दछ । साथै, महिनावारी पटक–पटक भइरहने र रक्तस्राब बढी हुने महिलामा पनि गिजाबाट रगत आउने समस्या देखिन्छ ।
खाना खाइसकेपछि ब्रस गर्नुलाई पनि उत्ति नै महत्व दिनुपर्दछ । त्यस्तै, विद्यालयका शिक्षक–शिक्षिकाले पनि आ–आफ्नो कक्षाका विद्यार्थीलाई दैनिक दुई पटक दाँत माझ्ने निर्देशन दिनुपर्छ । समयमै सचेत भई बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअगाडि  मुखको सरसफाइ ग-यौं भने मुखका रोगहरूबाट करिब ९० प्रतिशत मुक्त हुन सकिन्छ ।

Saturday, February 8, 2020

‌गिँजामा देखिने समस्या फरकफरक हुन्छन् । दाँतमा फोहोर अड्किएर शुरुमा गिँजा सुन्निने हुन्छ । शुरुको अवस्थामा नै वास्ता गरेन भने फोहोर भित्रसम्म पसेर दाँत खियाइदिने, दाँत हल्लिने र दाँत यताउता सर्ने हुन्छ । फोहोरले गर्दा गिँजालाई मात्र होइन, दाँतलाई पनि असर गरिरहेको हुन्छ । गिँजा पिंक रंगको हुन्छ । फोहोरले गर्दा पछि गएर गिँजा रातो हुन्छ । गिँजामा  समस्या देखिए पछि शुरुको अवस्थामा ब्रस गर्दा रगत देखिन थाल्छ । नरम किसिमले ब्रस गर्दा पनि रगत देखिन थालेमा विशेष ध्यान दिनु जरुरी हुन्छ । रगत देखिँदासमेत ध्यान नदिए फोहोर भित्रसम्म पुगेर हड्डी खिइएर दाँत हल्लिने र अन्त्यमा दाँत नै फाल्नुपर्ने अवस्था पनि आउन सक्buछ । गिँजाबाट रगत आउने, सुन्निने, पिप आउने अवस्थामा पनि ध्यान नदिएमा भित्र इन्फेक्सन हुन्छ ।




Thursday, February 6, 2020

दात सेतो बनाउन
दाँतमा दाग बस्ने खालका धूमपान, खैनी, गुट्खा, चिया, कफी आदिको सेवन त्याग्ने।
प्रत्येक पटक खाना खाँदा वा चिया, कफी खानेबित्तिकै मुख कुल्ला गर्ने।दिनमा दुईपटक ब्रस गर्ने।
बाहिरी दागहरु दन्त चिकित्सककोमा गएर समय-समयमा मेसिनले सफा (स्केलिङ) गर्नेे।
ब्लिचिङ गर्नेः ब्लिचिङ दाँत सेतो बनाउने प्रविधि हो। यो घरमा तथा दन्त चिकित्सककोमा गएर गर्न सकिन्छ। नशा मरिसकेको र जरैदेखि उपचार गरेको दाँत तथा स्वस्थ दाँत दुवैमा प्रयोग गर्न सकिन्छ। यो पद्दतिले स्थायी रुपमा परिवर्तन भएको दाँतको रङलाई पनि सेतो बनाउन मद्दत गर्छ। भित्री दाग हटाउन यो तरिका उपयुक्त मानिन्छ।
दाँतको बाहिरी भाग छोप्ने र दाँतमा खोल लगाउनेः दाँतको बाहिरी भाग जहाँ रङ परिवर्तन भएको छ त्यस भागलाई दाँत रङको सिमेन्टले छोप्ने (भिनिएरिङ) वा दाँतमा खोल हाल्ने। यो प्रविधि अधिक रङ परिवर्तन भएको अवस्थामा अपनाउन सकिन्छ।
प्रत्येक ६-६ महिनामा दन्त चिकित्सककोमा गएर आफ्नो दाँत परीक्षण गराउने।
पटक-पटक विभिन्न सञ्चार माध्यममा दाँत चम्काउने उपायहरु भन्दै भ्रामक विज्ञापन आउने गरेका छन्। त्यस्ता भ्रामक कुराको पछि नलागी आफ्नो दाँतको समस्या पत्ता लगाई सही उपचार पद्दति अपनाउनुपर्छ। सबैभन्दा ढुक्क हुने कुरा भनेको दन्त चिकित्सकसँग सल्लाह लिएर उपचार गराउनु नै हो।
फिक्स्ड अर्थोडोन्टिक उपचार किन गर्ने ?
दाँत बाङ्गोटिङ्गो र नमिलेको देखिनु वा अनुहारको हड्डीको समस्याको कारण यस्तो हुन सक्छ ।
१.    बाङ्गोटिङ्गो दाँतले गर्दा सफा गर्न गाह्रो भई किरा लाग्ने अनि गिजा र दाँतको वरिपरिको हड्डीको रोग लागी दाँत चाँडै झर्नु ।
२.    अनुहार सुन्दर नदेखिनु ।
३.    दाँत उछिट्टिएमा चोट लाग्ने सम्भावना बढी हुनु ।
४.    अनुहार नराम्रो देखिएको कारण मानसिक तनाव हुनु र खुलेर कुरा नगर्नु ।
५.    खाना चबाउन, बोल्न र श्वास फेर्न गा¥हो हुनु आदि ।
६.    दाँतको टोकाइ नमिलेर अनुहारको जोर्नीको (टीएमजे ज्वाइन्ट) समस्या देखिनु ।
तसर्थ यी कुराबाट बच्न अर्थोडोन्टिक उपचार गर्नुपर्छ ।