गिजा बाट रगतआउने कारण
दाँत र मुखसँग सम्बन्धित कारण
क) छोटो समय – गिजामा चोटपटक लागेमा रगत आउँछ । जस्तै, कडा ब्रस प्रयोग गरेमा, तिखो वा धारिलो वस्तु प्रयोग गर्दा घोचिएमा, दन्त उपचार गर्दा चोटपटक लागेमा, ज्यादै तातो वा चिसो प्रयोग गर्दा, औषधि सेवन गर्दा, केही संक्रमणका कारण पनि रगत आउन सक्छ । यस्तो अवस्थामा उपचार नहुँदासम्म रगत आउँछ ।
ख) दीर्घकालीन वा पटकपटक भइरहने – गिजाको दीर्घकालीन सुजनले गर्दा पटकपटक रगत आउने गर्दछ । दाँत वा गिजाको बीचमा फोहर जम्मा भएर यस्तो समस्या आउन सक्छ । दीर्घकालीन गिजा सुजनमा दाँत ब्रसिङ गर्दा, टुथपिक, डेन्टल फ्लस प्रयोग गर्दा, खाना अड्केमा, कडा ठोस खाद्य पदार्थ टोक्दा, चपाउँदा, कहिलेकाहीँ बोल्दा र जिब्रो चलाउँदा पनि गिजाबाट रगत आउँछ । यस्तो समस्या लिएर आउने बिरामीमध्ये करिब ९५ प्रतिशतमा दीर्घकालीन गिजा सुजन हुने गरेको पाइन्छ ।
शरीरसँग सम्बन्धित कारण
क) शिरा वा धमनीको असामान्य अवस्था – भिटामिन ‘सी’को कमी, शिरा वा धमनीको एलर्जीले पनि गिजाबाट रगत आउँछ ।
ख) प्लेटलेटको असामान्य अवस्था – प्लेटलेटको संख्यामा कमी वा बढी, प्लेटलेटको कार्यमा असक्षमताका कारण पनि रगत आउँछ ।
ग) भिटामिन ‘के’को कमी – कलेजो सम्बन्धी रोग र भिटामिन ‘के’को कमी हुनगई रगत जम्न आवश्यक पर्ने प्रोथोम्बिनको कमी भई रगत आउने गर्दछ ।
घ) रगत जम्ने प्रक्रिया, कोगुलेसनमा कमजोरी – हेमोफिलिया, ल्युकेमिया, डेँगू रोगमा रगत जम्ने प्रक्रियामा परेको असरले पनि गिजाबाट रगत आउने गर्दछ ।
ङ) प्लेटलेट थ्रोम्बो प्लास्टिक तत्व, पीएफ ३ को कमी – युरेमिया, मल्टिपल माइलोमा, प्रोटुवेला परपुरा रोगीहरूमा यो तत्वको कमी देखिन्छ र गिजाबाट रगत आउने गर्दछ ।
च) औषधिको प्रयोग बढी भएमा – एस्प्रिन, हेपारिन, डाइकुम्यारोलको मात्रा रगतमा बढी भएमा पनि गिजाबाट रगत आउने समस्या देखा पर्दछ । साथै, महिनावारी पटक–पटक भइरहने र रक्तस्राब बढी हुने महिलामा पनि गिजाबाट रगत आउने समस्या देखिन्छ ।
खाना खाइसकेपछि ब्रस गर्नुलाई पनि उत्ति नै महत्व दिनुपर्दछ । त्यस्तै, विद्यालयका शिक्षक–शिक्षिकाले पनि आ–आफ्नो कक्षाका विद्यार्थीलाई दैनिक दुई पटक दाँत माझ्ने निर्देशन दिनुपर्छ । समयमै सचेत भई बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअगाडि मुखको सरसफाइ ग-यौं भने मुखका रोगहरूबाट करिब ९० प्रतिशत मुक्त हुन सकिन्छ ।

No comments:
Post a Comment